Khabar Samachar

कमल थापाको राप्रपा सूर्य चिन्हमा चुनाव लड्ने,एमालेबीच पाँच बुँदे सहमति

220
VIEWS

नेकपा(एमाले) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने भएको छ।

वैशाख ३० गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको हो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको जानकारी ट्विटमार्फत् दिएका छन्।

उनका अनुसार पार्टीको तर्फबाट उम्मेदवार हुनेहरु निर्वाचित भएपश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने छन् ।  ‘राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने छन्’, सहमतिबारे जानकारी दिँदै उनले रातोपाटीसँग भने, ‘निजहरु निर्वाचित भएपश्चात् पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहनेछन् ।’

सहमतिअनुसार देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाइनेछ । यस्तै राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरुमा एमालेका उम्मेदवारहरूलाई सघाउनेछ भने राप्रपा नेपालका उम्मेदवारहरू भएको ठाउँमा एमालेले उम्मेदवार नउठाइ सहयोग गर्नेछ । सहमतिको पहिलो बुँदामा देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने उल्लेख छ। आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने, राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने विषय दोस्रो बुँदामा समावेश गरिएको छ।

सहमतिको तेस्रो बुँदामा एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने उल्लेख छ।

राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने र निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमा आवद्ध हुने चौथों बुँदामा समावेश छ।

दुबै दलले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित