Khabar Samachar

दार्चुलाकी शिक्षिकाको रहस्यमय मृत्युपछि अखिल क्रान्तिकारीका विद्यार्थी नेता पक्राउ

220
VIEWS

कैलालीको धनगढीमा रहेको प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छन् ।

बिहीबार धनगढी उपमहानगरपालिका- ३ चटकपुरमा दार्चुलाको मार्मा गाउँपालिका- ६ घर भएकी २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत अवस्थामा फेला परेकी हुन् ।

शिक्षिका डडालले धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् ।

यस्तै घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताए ।
चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा रहेको बुझिएको छ । कोट्टारी विवाहित हुन् । उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित