Khabar Samachar

वर्षाका कारण फेरि प्रभावित भयो नेपाल र भारतको खेल

205
VIEWS

 

एसिया कपमा नेपाल र भारतबिचको खेल जारी रहँदा पानी परेपछि खेल फेरि रोकिएको छ।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको हो।

२.१ ओभरमा भारतले विना विकेटको क्षति १७ रन बनाएको छ।

 

ओपनर तथा कप्तान रोहित शर्मा ४ र शुभमन गिल ११ रनमा नटआउट छन्।

मौसम बिग्रिएपछि आजको खेल प्रभावित भइरहेको छ। यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित