Khabar Samachar

हामीलाई गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ – माधव नेपाल

201
VIEWS

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन आफूहरूकै पहलमा बनाएको जिकिर गरे ।उनले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर कमजोर पार्न र यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नको लागि जुनसुकै किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनुपर्छ । गठबन्धनलाई बलियो बनाउनुपर्छ । यो बनाउन हामीले नै भूमिका खेलेका हौं ।’

गठबन्धनभित्र भएका गल्ती र कमजोरीको आलोचना गरेर राम्रा काममा मिलेर अघि बढ्नुपर्ने उनले बताए । गठबन्धनभित्र एकता, संघर्ष र उन्नत किसिमको एकतासँगै लिएर अघि बढ्ने नेपालको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित