Khabar Samachar

डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ – केपी ओली

210
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुमाथिको दुर्व्यवहार बन्द गर्न अनुरोध गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले बुधबार आफ्नो फेसबुक पेजमा पछिल्लो समय डाक्टरहरुमाथि हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको भन्दै दुर्व्यवहार बन्द गरेर सम्मान र हार्दिकताको विकास गर्न आग्रह गरेका छन् ।

‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु । आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु’, ओलीले अनुरोध गर्दै भनेका छन्, ‘मेरो अनुरोध छ – डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौँ । सम्मान र हार्दिकता विकास गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित