Khabar Samachar

सुन तस्करी प्रकरणमा राहुल महराविरुद्ध तीन अभियोग

208
VIEWS

सुन तस्करी प्रकरणमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई उन्मुक्ति दिँदै छोरा राहुलविरुद्ध काठमाडौँ जिल्ला अदालमा तीनवटा अभियोगमा मुद्दा दायर गरिएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ।

सोही मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौँको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र काठमाडौँकै बौद्ध बस्ने निमा गुरुङलाई पनि अभियुक्त बनाइएको छ। यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ। छिरिङ यसअघिकै सुन तस्करीसम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरुङ फरार छन्। गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन्। ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ। उक्त सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए।

नेपाल आइसकेपछि भन्सारबाट छुटाउन राहुलले भूमिका खेलेका थिए। राहुलसँगै उनका बुवा कृष्णबहादुर महराले पनि धेरैपटक भन्सार अधिकारीहरूलाई फोन गरेको पाइएको थियो। साथै, तस्करीमा मुछिएका चिनियाँहरूसँग पनि उनको घनिष्ठ सम्बन्ध देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित