Khabar Samachar

Search
Close this search box.

हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

209
VIEWS

काठमाडौंको बौद्ध क्षेत्रमा हतियार देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका-२, सिन्धुलीका ३६ वर्षीय अमर घलान, लालबन्दी नगरपालिका-१५, सर्लाही घर भई काँडाघारी बस्‍ने ३६ वर्षीय सन्तोष लो तामाङ र लिशंखु पाखर गाउँपालिका-२, सिन्धुली घर भई हाल गोकर्णेश्वर बस्‍ने ३० वर्षीय जितेन लामा रहेका छन् ।पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

बिहीबार गोकर्णेश्वर नगरपालिका-९ जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि प्रहरी पुगेको थियो । तर लुटेरा समूहले हतियार निकालेपछि आत्मरक्षाका लागि गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित