Khabar Samachar

Search
Close this search box.

तीनकुनेमा चार जनाको हत्याका अभियुक्त सञ्जयलाई ‘गोलघर’मा राखियो

215
VIEWS

काठमाडौंको तीनकुनेमा चार जनाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार पठाइएका सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ। शुक्रबार काठमाडौँ जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न भन्दै केन्द्रीय कारागार सुन्धारामा पठाएको थियो । केन्द्रीय कारागार सुन्धाराले भण्डारीलाई जेलभित्रको पनि जेल अर्थात् गोलघरमा राख्न पठाएको हो । कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख ललित बस्नेतका अनुसार सुरक्षा संवेदनशीलताका कारण गोलघरमा राखिएको हो । अन्य कैदीबन्दीको सुरक्षालाई मध्यनजर गर्दै भण्डारीलाई गोलघरमा पठाइएको हो । गोलघरमा निकृष्ट प्रकृतिको अपराध गर्ने व्यक्ति र भाग्न सक्ने वा भाग्न खोज्ने व्यक्तिहरुलाई राखिन्छ । यसअघि गोलघरमा सिरियल किलर चाल्र्स शोभराज, गुण्डानाइके रमेश बाहुन, रिगल भन्ने योगराज ढकालहरुलाई समेत राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित