Khabar Samachar

नेपाली कांग्रेसले भरतपुरको प्रमुख छाड्ने संकेत

207
VIEWS

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार माओवादी केन्द्रलाई छाड्ने संकेत गरेका छन् ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले भरतपुरको मेयरको उम्मेदवार कुनै हालत छाड्न नहुने बताएका थिए । महामन्त्री गगनकुमार थापाले महानगर र उपमहानगरपालिकाको तालमेलबारे निर्णय गर्नुअघि नगर कमिटी र जिल्लाको राय लिनुपर्ने बताए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले मेयरमा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन नगरे मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने बताए ।

तर सभापति देउवाले भरतपुर महानगर कमिटीकै सभापतिले उपमेयर लड्न तयार छु भनिसकेको बताएका छन् । भरतपुर नगर सभापति चित्रसेन अधिकारी हुन् । संस्थापन इतर समूहका उनी वडा नम्बर २१ को वडाध्यक्ष समेत हुन् ।

कांग्रेसको भरतपुर नगर र चितवन जिल्ला कमिटीले कुनै हालतमा मेयर नछाड्ने निर्णय गरेको छ । तर देउवाले नगर र जिल्लाको निर्णयलाई उल्लेख गरेनन्, तर नगर कमिटीका सभापतिले आफूलाई उपमेयर लड्छु भनिसकेको भन्दै मेयर माओवादीलाई दिने संकेत गरेको एक कार्यसम्पादन समिति सदस्यले जानकारी दिए ।

‘सभापतिले स्थानीय तहको कुरा भनेको महानगर होइन, महानगरले मानिसक्यो त भन्नुभयो,’ ती नेताले भने, ‘तर जिल्ला कार्यसमितिले नमानेको, २९ वटै वडाले बैठक गरेको केही देख्नु भएन ।’

प्रधानमन्त्रीसमेत रहेका देउवाले कांग्रेसका कारण गठबन्धन टुट्न नहुने प्रष्ट मत राखेका छन् । धोका दिन कांग्रेसको इथिक्सले नदिने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित