Skip to main content

Khabar Samachar

Search
Close this search box.

एनआरएनए अध्यक्षमा बद्री केसी विजयी

229
VIEWS

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
अध्यक्ष निर्वाचित भएसँगै केसीका समर्थकहरुले होटल सोल्टी परिसरमा खुसीयाली मनाएका छन् । नयाँ नेतृत्व चयनका लागि बिहीबार बुधबार मध्यरातिदेखि बिहीबार मध्यरातीसम्म विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिहरुले अनलाइनमार्फत भोटिङ गरेका थिए भने काठमाडौम भेला भएका एनआरएनएहरुले सोल्टीबाटै बिहीबार दिनभर भोटिङ गरेका थिए ।
निर्वाचनमा तीन जनै उम्मेदवार प्यानलसहित खडा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित