Khabar Samachar

एनआरएनए अध्यक्षमा बद्री केसी विजयी

218
VIEWS

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएका छन् । अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
राजधानीको होटल सोल्टीमा भएको ११ औँ विश्व सम्मेलन र सो क्रममा भएको निर्वाचनमा केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदमा रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
अध्यक्ष निर्वाचित भएसँगै केसीका समर्थकहरुले होटल सोल्टी परिसरमा खुसीयाली मनाएका छन् । नयाँ नेतृत्व चयनका लागि बिहीबार बुधबार मध्यरातिदेखि बिहीबार मध्यरातीसम्म विश्वभरका गैरआवासीय नेपाली प्रतिनिधिहरुले अनलाइनमार्फत भोटिङ गरेका थिए भने काठमाडौम भेला भएका एनआरएनएहरुले सोल्टीबाटै बिहीबार दिनभर भोटिङ गरेका थिए ।
निर्वाचनमा तीन जनै उम्मेदवार प्यानलसहित खडा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित