Khabar Samachar

झापामा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ युवाको मृत्यु

206
VIEWS

झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराई र स्कुटरको पछाडी सवार सोही ठाउँका ३६ वर्षीय रोशन लुंगलीको मृत्यु भएको हो।

भट्टराईको घटनास्थलमै र लुंगेलीको उपचारको क्रममा विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले मिनी ट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित