Skip to main content

Khabar Samachar

Search
Close this search box.

राष्ट्रपति पौडेलले गरे पलान्चोक भगवतीकाे दर्शन

201
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभअवसरमा पलाञ्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आएका हुन् ।बडा दसैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ छ । जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित