Khabar Samachar

धादिङ भूकम्पपछि ४ पराकम्प – सिम्लेमा सुख्खा पहिरो, घर जोखिममा

209
VIEWS

आइतबार बिहान ७:३९ बजे धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट धादिङमा ठाउँठाउँमा पहिरो खसेको छ ।नवरात्रको महाष्टमीका दिन घरघरमा पूजाआजा गरी खसीबोका मार हान्ने तयारी गरिरहेका गाउँबासी भुइँचालो आएपछि त्रसित भएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६.१ रेक्टरस्केलको भूकम्प गएको बताएको छ ।

पहिलो भूकम्प गएको केही बेरबाटै पटकपटक पराकम्प गएको थियो । पराकम्पले स्थानीय झन् बढी आत्तिएका छन् । बिहान ८.०८ बजे ४.२ म्याग्निच्यूडको, ८ बजेर २८ मिनेटमा ४.३ र ८:५९ मा ४.१ म्याग्निच्यूडको पराकम्प गएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित