अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेको छ ।बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जना घाइते भएका छन्। ल्युस्टन मेन राज्यको दोस्रो ठूलो सहर हो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ती बन्दुकधारी अहिले फरार छन्। फरार रहेका ती सन्दिग्धको दुईवटा तस्बिर जारी गर्दै पहिचान गर्न र सूचना दिन प्रहरीले आग्रह गरेको छ। साथै ती बन्दुकधारीले सहरका विभिन्न भागमा घटना घटाएको पनि बताइएको छ।
बन्दुकधारी अहिले पनि सडकमा हिँडिरहेको हुन सक्ने जोखिम औंल्याउँदै प्रहरीले मानिसहरूलाई घरभित्रै रहन र बाहिर रहेका नागरिकलाई सुरक्षित ठाउँमा आश्रय लिन भनिएको छ।
प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ । बीबीसीका अनुसार उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ ।घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् । उनले २०२३ मा मासिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए ।
Discussion about this post