Khabar Samachar

Search
Close this search box.

आठ दिनदेखि प्रहरी हिरासतमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता बास्तोला

202
VIEWS

नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोला आठ दिनदेखि दाङ प्रहरीको हिरासतमा रहेका छन् । नेता बास्तोलाको दसैँसमेत दाङस्थित इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासत बित्ने भएको छ ।उनले हाँकको गाडीले आठ दिनअघि मोटरसाइकललाई ठक्कर दिँदा चालकको निधन भएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका-५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बास्तोलाले चलाएको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दाङको राप्ती गाउँपालिका- ५ का २९ वर्षका बसन्तराम चौधरीको मृत्यु भएको हो ।

कार्तिक २ गते भएको दुर्घटनामा घाइते भएका चौधरीलाई प्रहरी टोलीले उद्धार गरी स्वास्थ्य चौकी सिसहनियाँ पुर्‍याएको थियो । टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई राति १० बजेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएका नेता बास्तोला अहिले पनि हिरासतमै छन् । दसैँ बिदाका कारण कात्तिक १२ गतेमात्रै कार्यालय खुल्ने र त्यसपछि मात्रै अदालती प्रक्रियाको काम सुरु हुने दाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेता बास्तोला अझै केही दिन प्रहरी हिरासतमै बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित