Khabar Samachar

स्याङ्जामा जीप दुर्घटना

207
VIEWS

काठमाडौं । स्याङजाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडानम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट चारजनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन । थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार रहेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित