Skip to main content

Khabar Samachar

Search
Close this search box.

अमेरिकाको क्यालिफोर्नियामा गाडी दुर्घटना हुँदा नेपालीको निधन

329
VIEWS

अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो ।  प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।

प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिए पछि उनको ज्यान गएको हो । उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो । विष्टले मृत आत्माको चीर शान्तिको कामना सहित परिवार प्रति समवेदना प्रकट गरेका छन् । मृतककी आमाको नाम मुना विष्ट हो भने हाल उनी नेपालमा बसोबास गर्ने र  बाबु अनन्त विक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै रहेको गायक विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित