Skip to main content

Khabar Samachar

Search
Close this search box.

छठ पर्वको आज दोस्रो दिन, खरनाको तयारीमा व्रतालु

224
VIEWS

सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ।

छठ पूजा को दोस्रो दिन पञ्चमी तिथिमा खरनाको दिन ब्रतालुहरु बिहानको खाना नखाई, दिन भरी व्रत बस्छन।

खरनाको राति ‘चामल र गुड्’ बाट बनेको खिर प्रसादको रुपमा छठी माईलाई खरना पुजामा अर्पण गर्छन्।

आँपको दाउरा तथा गोईठाको आगोको हवनमा प्रसाद, धुप, तिल, जौं आदिबाट हवन गरिन्छ। माटो बाट बनेको नयाँ चुलोमा गोईठा तथा आँपको दाउराको आगोमा प्रसाद पकाइन्छ।

यस दिनमा ब्रतालुले नुन खान नहुने मान्यता छ।

ब्रतालुहरु खरनाका दिनभरि भोकै बस्छन र राति खरना पुजाको प्रसाद ‘चामल र गुड्’ बाट बनेको खिर मात्र खान्छन्।

खरना पश्चात छठ ब्रतालुहरुले ३६ घण्टाको  निर्जला उपवास ब्रत ‘पारना’ सम्म बस्छन्।

छठको प्रारम्भ शुक्रबार ‘नहाय-खाय’ विधिबाट सुरू भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित