Khabar Samachar

सत्ता गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

214
VIEWS

काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ ।

स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा दलका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव प्रस्तुत भएको थियो । कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरु भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँचदलीय गठबन्धनबीच कहाँ कसरी तालमेल गर्ने भन्ने विषय अझै टुंगिसकेको छैन। दैनिक जसो शिर्षस्थ नेता र कार्यदलको बैठक बसेपनि सहमती जुटन सकेको छैन।

यसअघि आइतबार बिहान शीर्ष नेताहरुको र दिउँसो कार्यदलको बैठक बसेको थियो। तर, सहमति भने जुटेन। आज बिहान बस्ने बैठकबाट महानगर र उपमहानगरमा सिट बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरिएको छ।

दलहरुले महानगर र उपमहानगरमा आ–आफ्नै दाबी प्रस्तुत गरेका कारणले पनि सहमती जुटन कठिनाइ भइरहेको छ।

यसैबीच,  सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (सोमबार) बस्ने भएको छ। कांग्रेस नेता एवम् समिति संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बस्ने बैठकले स्थानीय निर्वाचनमा तालमले कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित