Skip to main content

Khabar Samachar

Search
Close this search box.

काठमाडौँमा गुञ्जिए चर्चित भारतीय गायक अरिजित सिंह

222
VIEWS

चर्चित भारतीय गायक अरिजित सिंह काठमाडौँमा छन्। शनिबार अपरान्हबाट उनी चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित कन्सर्टमा सहभागी छन्।

कन्सर्टमा सहभागी हुन उनी शुक्रबारनै काठमाडौं आएका थिए। गराज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सनले उनलाई काठमाडौंमा कन्सर्टका लागि बोलाएका थिए। आयोजकले यो कम्सर्टलाई नेपालकै ठूलो हुने दाबीसमेत गरेको छ। कन्सर्टमा प्रयोग भएका सबै सामान भारतबाट ल्याइएको हो।

‘अरिजीत सिंह लाइभ इन नेपाल’ मा अरजितले नेपाली फ्यानमाझ आफ्ना गीतहरू पस्किएका छन्। आयोजकले कन्सर्टमा १५ हजार बढी दर्शकको उपस्थिति रहेको दाबी आयोजकले गरेको थियो।

अरिजीत सिंहका ‘तुम हि हो’, ‘अगर तुम साथ हो’, ‘कबिरा’, ‘केसरिया तेरा’, ‘झुमे जो पठान’, ‘अपना बनाले’, ‘खैरियत’ लगायतका थुप्रै गीतहरू चर्चित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित