Khabar Samachar

Search
Close this search box.

गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्छ: कमल थापा

219
VIEWS

काठमाडौं-  राप्रपा नेपालका अध्यक्ष कमल थापाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको तत्काल बर्खास्तीको माग गरेका छन्।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए। साेही अभिव्यक्तिलाई लिएर उनलाई बर्खास्त गर्नुपर्दछ भनी थापाले माग गरेका हुन्।

‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल वर्खास्त गर्नुपर्दछ’, सामाजिक सञ्जाल फेसबुकमा थापा लेख्छन्, ‘प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुनवमोजिम कारवाही गरियोस्।’

यता, रास्वपाका सभापति रवि लामिछानेले पनि गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्ति संस्कृतिमन्त्री जस्ताे जिम्मेवार पदमा कसरी बस्न मिल्छ भनी प्रश्न गरेका छन् ।

उनले किराँतीले दिएकाे अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन मागसमेत माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित