Skip to main content

Khabar Samachar

Search
Close this search box.

अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

202
VIEWS

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको आज सुनाएको निर्णयमा प्रधानमन्त्रीले सफाइ पाएका हुन् ।

सो मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्चले निवेदकले भनेजस्तो अवहेलनामा मुद्दामा माग दाबी नपुग्ने जनाएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले सो मुद्दामा माग दाबी नपुगेकाले सफाइ दिने फैसला भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित