Khabar Samachar

अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

201
VIEWS

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दाको आज सुनाएको निर्णयमा प्रधानमन्त्रीले सफाइ पाएका हुन् ।

सो मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको थियो । द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्चले निवेदकले भनेजस्तो अवहेलनामा मुद्दामा माग दाबी नपुग्ने जनाएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले सो मुद्दामा माग दाबी नपुगेकाले सफाइ दिने फैसला भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित