Khabar Samachar

नक्कली रक्सी बनाएको आरोपमा ९ जना पक्राउ,४५ रुपैयाँको सगुन मिसाएर डबल ब्ल्याक तयार

225
VIEWS

नक्कली रक्सी बनाएको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली रक्सी बजारमा पठाउने गरेको गुनासा र गोप्य सूचना प्राप्त भएपछि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका डिएसपी अनिल घिमिरेको नेतृत्वमा यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

मंगलबार प्रहरीले काठमाडौंको मनोहरा नगरपालिका ५ थलीस्थित भरत थापाको घरमा डेरा गरी बस्ने विनोदकुमार कार्कीको कोठाबाट नक्कली रक्सी बनाउने सामग्री बरामद गरेको थियो।

नक्कली रक्सी बनाउन संलग्न रहेको आरोपमा प्रहरीले रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्कालाई पक्राउ गरेको छ।

साथै सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोकका १८ वर्षीय रोशन कार्की, रापेछापका २० वर्षीय मनिष खत्रीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि खुकुरी रम, डबल ब्ल्याक, ब्ल्याक लेभल, गोल्डेन ओकलगायत ब्राण्डका रक्सीको नक्कली बनाएको आरोप छ।

प्रहरीका अनुसार गिरोहले ४५ रुपैयाँ पर्ने सगुन रक्सी मिसाएर नक्कली मदिरा उत्पादन गर्ने गरेको थियो ।

‘तयार हुने ब्रान्ड र सगुनको मात्रा आधा-आधा मिलाएर नक्कली रक्सी उत्पादन हुने गरेको पाइएको छ । गिरोहले सगुन मिसाइसकेपछि त्यसमा चिनी डढाइएको झोल पनि मिसाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, एसएसपी राठोरले भने ।

क्लब र रेस्टुरेन्टहरुमा पुग्थ्यो रक्सी, यसरी तयार हुन्थ्यो राजस्व अन्तःशुल्क स्टिकर

प्रहरीले नक्कली मदिरा बजारमा रहेको सूचना पाएपछि एउटा खरिद गरेर परीक्षणका लागि पठाएर अनुसन्धान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित