Khabar Samachar

जनमत पार्टी मधेस सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता

203
VIEWS

डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। जनमत पार्टीका दुईजना मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोज यादवलाई आफ्नो राजीनामा बुझाएका छन्। सरकारबाट बाहिरिने निर्णयसँगै जनमतले गठबन्धन सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

जनमतबाट मन्त्रीसमेत रहेका महासचिव डा. चन्दन सिंहले मधेस सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादवको एकलौटी भएपछि बाहिरिएको बताएका छन्।

‘समर्थन फिर्ता लिँदै हामीले मधेस सरकार छाड्यौँ’, उनले नेपालखबरसँग भने, ‘अरु मन्त्रीकै अगाडि हाम्रा मन्त्रीको टाउको फुटाइयो। यसलाई हामीले गम्भीर रुपमा लियौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित