Khabar Samachar

कपिलवस्तुको समशेर दल गणभित्र गोली चल्यो, एक महिला गम्भीर घाइते

214
VIEWS

कपिलवस्तुको बुद्धमूमि नगरपालिका गोरुसिङ्गेस्थित समसेर दल गणभित्र गोली चल्दा महिला सिपाही गम्भीर घाइते भएकी छन् ।

बुधवार साँझ ७ बजे भएको गोली प्रहारबाट कोपिला राजवंशी नाम गरेकी सिपाही घाइते भएकी स्रोतले बताएको छ ।

स्रोतको अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ । घटनाको विषयमा प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन ।

प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ । स्रोतका अनुसार राजवंशीले आफूले गोली चलाएको दाबी गरेको छ ।

घाइतेको छातीबाट छिरेको गोली पिठ्युबाट निस्केको सैनिक श्रोतले बताएको छ। घाईतेलाई अहिले थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेज लगिएको लुम्बिनी प्रादेशिक अस्पताल श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित