Skip to main content

Khabar Samachar

Search
Close this search box.

आजदेखी धरहराको पार्किङ खुल्ला

209
VIEWS

काठमाडौँ महानगरले धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि सवारी साधन पार्किङ खुला भएको छ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा पार्किङ सहज बनाउन धरहरासँगैको भवन खुला गरिएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध गराइएको छ । संरचनागत रूपमा, यो ठाउँ नेपालकै ठुलो पार्किङ संरचना हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित