Khabar Samachar

Search
Close this search box.

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट,१ जनाको मृत्यु

211
VIEWS

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट  विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार एक जनाको प्लान्टभित्रै मृत्यु भएको हो।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।  

उनको पहिचान खुलिसकेको छैन। विस्फोटमा चार जना घाइते भएका छन्। त्यहाँ कार्यरत श्रमिकले अरु नरहेको बताएका छन्।

तर प्रहरी अहिलेसम्म प्लान्ट भित्र जान सकेको छैन। ‘अहिले भित्र जान सकिने अवस्था नै छैन। भित्र अरु छैनन् भनेका छन्। घाइतेलाई अस्पताल पठाइएको छ’, एसपी शाहले भने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित