Khabar Samachar

प्रचण्डले भने- प्रधानमन्त्रीको सल्लाहमै गभर्नर हटाइएको हो ।

227
VIEWS

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाह भएको बताएका छन् ।

‘सुरूदेखि नै सरकार र गभर्नरबीच कहीँ न कहीँ समस्या देखिएकै हो। प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाहमै गभर्नर हटाउने निर्णय भएको खुलस्त भइसकेको छ,’ प्रचण्डले भने।

आज धनगढी विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गभर्नरको विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीको सल्लाह भएको जिकिर गरेका हुन् । उनले सुरुबाटै गभर्नर र सरकारबीच तिक्तता पैदा भएकोसमेत बताए ।

‘सुरुबाटै गभर्नर र सरकारका बीचमा समस्या देखिएको हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यस्तो निर्णय गरेको भन्ने प्रष्ट भइसकेको छ’, उनले भने, ‘१३ गते अदालतमा दुवैका कुरा आउँछन् । त्यसपछि मात्रै के भएको हो भन्न सकिन्छ । अहिले सकिँदैन ।’

४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदालतले खुलाइदिएको थियो ।

मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनू’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएपछि अर्थमन्त्रीमाथि नैतिक प्रश्न उब्जिएको थियो । अर्थमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला प्रचण्डले प्रधानमन्त्रीको सल्लाहमा त्यस्तो निर्णय भएको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित