Khabar Samachar

क्षेत्री समाज राष्ट्रिय महासंघले सिञ्जामा खस सम्मेलन गर्ने

508
VIEWS

काठमाडौं । क्षेत्री समाज राष्ट्रिय महासंघले नेपाली भाषाको उत्पत्तिस्थल जुम्लाको सिञ्जामा खस राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

आगामी जेठ १३ र १४ गते गरिने सम्मेलनमा तीन कार्यपत्र प्रस्तुत गरिने महासङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले राससलाई जानकारी दिए । सम्मेलनमा ‘मष्टो कूल देवता र सनातन संस्कृति’, ‘आदिवासी खसहरुको इतिहास’ र ‘सनातन हिन्दू धर्म’ विषयमा विभिन्न विद्वानले कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी र छलफलसमेत गर्ने कार्यक्रम रहेको उनले भने।

खस, क्षेत्रीको पहिचान, वेषभूषा, धर्म, संस्कृतिका बारेमा मुलुकका विभिन्न स्थानमा रहेका मौलिकताको खोज, अनुसन्धान गर्ने क्रममा नेपाली भाषा एवं खस क्षेत्रीको आदिभूमि जुम्लाको सिञ्जामा कार्यक्रम गर्न लागिएको महासङ्घले जनाएको छ ।सम्मेलनमा प्रा. डा. सुरेन्द्र केसी, प्रा डा रामचन्द्र गौतम र वरिष्ठ पत्रकार प्रेम कैदीलगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित