Skip to main content

Khabar Samachar

Search
Close this search box.

विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद – गृहमन्त्री नारायणकाजी श्रेष्ठ

203
VIEWS

बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा घोटाला प्रकरणमा विशेष अदालतले गरेको फैसलाप्रति उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रसन्नता व्यक्त गरेका छन्।

विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन् । साथै उनले विशेष अदालत र न्यायाधीशहरुलाई धन्यवाद पनि भनेका छन् ।

‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ,’ श्रेष्ठले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला ‍गर्‍यो। विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद!’

विहीबार विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित