Khabar Samachar

काठमाडौं महानगर प्रमुखमा कांग्रेसबाट सिर्जना सिंहसहित पाँचजनाको नाम सिफारिस

218
VIEWS

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि पाँचजनाको नाम सिफारिस गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि आकांक्षीको नाम सिफारिस गरिएको हो ।

कांग्रेस काठमाडौं महानगर समितिले बिहीबार पाँचजनाको नाम सिफारिस गरेको सचिव सुशान वैद्यले जानकारी दिए ।

सिफारिस गरिएकाहरूमा नगर समिति सभापति नीलकाजी शाक्य, सचिव सुशासन वैद्यसहित वर्तमान नगर उपप्रमुख हरिप्रभा खड्गीको नाम छ । यस्तै, कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिजना सिंह तथा नेता प्रगतिमान रञ्जितको नाम पनि सिफारिस गरिएको सचिव वैद्यले जानकारी दिए ।

महानगर समितिले उपप्रमुख पदमा पनि नाम सिफारिस गरेको छ । जसमा सुशीला ढकाल र अम्बिका प्रधान शाक्य परेका छन् ।

सत्ता गठबन्धनको केन्द्रीय बैठकले भने महानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का साझा उमेदवार उठाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित