Khabar Samachar

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त रुपमा चुनावी सभा गर्ने

222
VIEWS

सत्तारूढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले चुनावी सभा गर्ने निर्णय गरेको हो।

वैशाख १८ गते धनगढीबाट सुरू भएको सभा बैशाख २२ गते काठमाडौंबाट सकिनेछ।

उक्त सभालाई संयोजकसहित पाँचै दलका प्रमुख नेताले सम्बोधन गर्दैछन्।

धनगढी र सुर्खेतमा वैशाख १८ गते, वुटवल र पोखरामा वैशाख १९ गते, वैशाख २० गते जनकपुर र विराटनगरमा र वैशाख २२ गते काठमाडौंमा सभा गर्ने निर्णय गरेको छ।

बुधबार सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा चुनावी तालमेल गर्ने सहमति गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित