Khabar Samachar

वीरगञ्जको कर्फ्यु यथावत्

201
VIEWS

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा जारी गरेको कर्फ्यु आदेश यथावत् रहेको छ ।

सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि जारी भएको कर्फ्यु आज बिहान ६ देखि १० बजेसम्म खुकुलो बनाइएको थियो । सर्वसाधारणको सुविधालाई ध्यानमा राखी बिहान खुकुलो गरिएको भए पनि कर्फ्यु यथावत् रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

साढे ११ बजे सर्वपक्षीय भेला गरेर छलफल गर्ने र त्यसको आधारमा कर्फ्यु के गर्ने भन्नेबारे निर्णय लिने उनले बताए ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित