Skip to main content

Khabar Samachar

Search
Close this search box.

हिन्दु राष्ट्रका लागि एक हजार बढी महासमिति सदस्यले गरे हस्ताक्षर

205
VIEWS

नेपाली कांग्रेसका नेताहरुबाट सुरु गरिएको वैदिक सनातन हिन्दुराष्ट्र स्थापना अभियानले एक हजार ६१ जनाको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ ।

महासमिति बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएको अभियानका सहसंयोजक लोकेश ढकालले जानकारी गराए । ढकालका अनुसार पूर्वमहामन्त्री डा.शंशाक कोइराला सहित ४२ जना केन्द्रीय सदस्यले त्यसमा हस्ताक्षर गरेका छन् ।

सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरु पाल टाँगेर हस्ताक्षर गराउन जुटेका थिए । हन्दुराष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलको विषय बनेन ।

यसअघिको महासमिति बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो । २२ जना केन्द्रीय सदस्यले हिन्दुराष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने माग सहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित