Skip to main content

Khabar Samachar

Search
Close this search box.

एमालेले महानगर तथा उपमहानगरको उम्मेदवारबारे शनिबार निर्णय गर्ने

225
VIEWS

नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे वैशाख १० गते शनिबार निर्णय गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सचिवालय बैठकमा सातवटै प्रदेश कमिटीले गरेको सिफारिसबारे छलफल भएको र अर्को बैठक शनिबार दिउँसो ३ बजे बालकोटमै बसेर उम्मेदवारको टुंगो लगाउने बताए।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने र भोलि नै तुलसीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गर्ने बैठकले निर्णय गरेको गुरुङले जानकारी दिए।

स्थानीय निर्वाचनको घोषणापत्र भोलि नै सार्वजनिक गर्ने निर्णय एमाले सचिवालय बैठकले गरेको छ।

नेकपा एमालेको सचिवालय बैठकले गण्डकी र लुम्बिनी प्रदेशसभाका सदस्यलाई पालिकाको नेतृत्वका लागि टिकट नदिने निर्णय गरेको छ।

प्रचार विभाग प्रमुख गुरुङले त्यहाँ सरकार परिवर्तन हुनसक्ने सम्भावना रहेको र त्यसलाई ध्यानमा राखेर यस्तो निर्णय भएको बताए। उनले यी दुई प्रदेशमा एमालेको एकल बहुमत पुग्नलाई केही सांसद मात्रै कमी हुने अवस्था रहेको र सत्ता गठबन्धनमा फाटो आएमा एमालेको सरकार बन्न सक्ने सम्भावना रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित