Khabar Samachar

नेदरल्याण्ड्सविरूद्ध नेपालको सहज जित

214
VIEWS

टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले नेदरल्यान्ड्समाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि नेपालले सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो ।

नेदरल्यान्ड्सले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटको शानदार जित निकालेको हो । योसँग नेपालको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।

नेपालका जितमा कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे । २७ रनमा २ विकेट गुमाएको नेपाललाई कप्तान रोहित र गुल्सनले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै जिततर्फ दोहोर्‍याएका हुन् ।

गुल्सन ३८ रन र कप्तान रोहित ४६ रनमा आउट भए । ओपनर कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे । बलिङमा नेदरल्यान्ड्सका भिभिएन किंग्माले सर्वाधिक ४ विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२० रन बनाएको थियो । नेदरल्यान्ड्सलाई सस्तोमा समेट्न नेपालका प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिएका थिए । करण केसी र कुशल मल्ले २–२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

ब्याटिङमा नेदरल्यान्ड्सका म्याक्स ओ डाउडले ३१, टिम भान डर गुग्टेन २४, स्कट एडवाड्र्स १८, तेजा निदामानुरु ५, नोआ क्रोस ३, माइकल लेभिट ४, भिभिएन किंग्मा ४, काइल क्लाइन १, आर्यन दत्त र साइब्रान्ड एंगलब्रेक्ट शुन्य रनमा आउट हुँदा रोलफ भान डर मव २३ रनमा अविजित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित