Skip to main content

Khabar Samachar

Search
Close this search box.

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

203
VIEWS

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदको फिनल्याण्ड भ्रमण रद्द भएको छ।

फिनल्याण्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आइतबार राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ प्रस्थान गर्ने तयारीमा थिए। तर साँझ परराष्ट्र मन्त्रीले उक्त भ्रमण रद्द भएको जानकारी दिएको छ।

फिनल्याण्डमा संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुने उनको तयारी थियो।

आजै साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्डस्थित आफ्नो निवासमा कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाएर छलफल गरेका थिए। सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित