Khabar Samachar

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

219
VIEWS

नवनियुक्त तीन जना मन्त्रीले सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू नेकपा (एमाले) का पदम गिरी, नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याल (डिपी) लाई शपथ गराएका हुन्।

नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सारेको छ । तामाङ नुवाकोट-१ बाट निर्वाचित सांसद हुन् ।

रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री बनेका छन् । समानुपातिक सांसद अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित