नयाँ गठबन्धनमा सहभागी हुने दलको टुङ्गो लागेपछि मात्र कुन दलले कति मन्त्रालय पाउने टुङ्गो लगाइने भएको छ ।
सत्ता साझेदार ४ दलको ८ बुँदे सहमति सार्वजनिक गरेपछि पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ गठबन्धनमा सहमति जनाउने अन्य दलसँग कुरा गरेर मात्रै मन्त्रिपरिषद पूर्णता दिने प्रष्ट पारेका हुन् ।
‘कुन–कुन दल सामेल हुने भन्ने निश्चित नभएकाले अहिले मन्त्रालय बाँडफाँड हुँदैन, आज चार दलबीच भएको सहमति सार्वजनिक भएकै छ, हामीलाई बाँडफाँडमा समस्या छैन तर नयाँ आउनेलाई समस्या हुने ठानेर अहिले मन्त्रिपरिषद बिस्तार गर्दैनौ’ एमाले महासचिव पोखरेलले भने–‘प्रमले भेटिरहनुभएको छ, धेरै दल यो प्रक्रियामा आउँछन्, नेकपा एस, लोसपा, नाउपासँग संवाद भइरहेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ ।’गठबन्धनमा समावेश हुने अन्य राजनीतिक दललाई संवादमा ल्याएर हामी छिट्टै टुङ्ग्याउँछौँ ।’‘जनतामा बढेको निराशा चिर्ने, सुशासनलाई अगाडि बढाउन र नयाँ आशा जगाउन यो गठबन्धन बनेको हो, नागरिकले महसुस गर्ने गरी काम हुनेछन् हामीले त्यो रफ्तारमा काम गर्ने टोली बनाउँछौँ, छिटो मन्त्रिपरिषदले पूर्णता पाउँछ र सुशासन र डेलिभरीमा प्रतिबद्धता देखाउने छ ।’ महासचिव पोखरेलले भने ।
नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने पनि भनिएको छ ।
Discussion about this post