Khabar Samachar

तीन महानगरका लागि राप्रपा उमेद्वारवारको छिनोफानो

270
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशका तीन ठूला महानगरपालिकामा प्रमुखका उम्मेदवार टुंगो गरेको छ।

प्रचार विभाग प्रमुख एवम् पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले काठमाडौं, ललितपुर र पोखरा महानगरपालिका प्रमुखका उम्मेदवार पक्का गरेको हो।

जसअनुसार राप्रपाले काठमाडौं महानगर प्रमुखको उम्मेदवारमा वरिष्ठ कलाकर्मी मदनदास श्रेष्ठलाई अघि सारेको छ।

त्यस्तै राप्रपाबाट ललितपुर महानगरपालिका प्रमुखको उम्मेदवारमा राप्रपाले अष्ट महर्जनलाई अघि सारेको छ।

उता गण्डकी प्रदेशको एक मात्रै पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारमा राप्रपाले शंकर खराललाई उठाउने भएको छ।

राप्रपाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तालमेल प्रयास गरिरहेको छ। तर अहिलेसम्म कुनै दलसँग ठोस सहमति भएको छैन।

नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गरेको छ। सत्ता गठबन्धनले बाहिरका दलसँग तालमेल नगर्ने नीति लिएका छन्।

यस्तोमा राप्रपाले महानगरका प्रमुखमा एक्लै उम्मेदवार उठाउने तयारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित