Khabar Samachar

भरतपुरकी मेयर रेनु दाहालले दिइन् मेयरबाट राजीनामा

246
VIEWS

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार राजीनामा दिएकी छन्।

शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।

‘अबको एक कार्यकाल फेरि मेयरका रूपमा भरतपुरमा सेवा गर्न खोजेको छु। अहिलेसम्म गरेका कामलाई पूर्णता दिनका लागि पनि फेरि दोहोरिन पर्ने भयो,’ दाहालले भनिन्।

५ दलीय गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार उठाउने सहमति गरेको थियो। माओवादी केन्द्रबाट दाहाल निर्विकल्प उम्मेदवार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित