Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित

204
VIEWS

राष्ट्रिय सभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा ५६ जना उपस्थित थिए। यस्तोमा नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलको साथ पाएका दाहाललाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत खस्यो।

उनको विपक्षमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादीसहितका दलको १७ मत खसेको छ। राष्ट्रिय सभा अध्यक्षको मतदान प्रक्रियामा १ सिट रहेको राष्ट्रिय जनमोर्चा भने सहभागी भएन।

उनीसँग प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका युवराज शर्माको पक्षमा १७ मत खस्यो। उनको विपक्षमा ३९ मत परेको छ।

दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित