Khabar Samachar

Search
Close this search box.

संसदमा कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

201
VIEWS

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रदीप पौडेलले नैतिकताको आधारमा लामिछानेले राजीनामा दिनुपर्ने बताए ।

उनले भने- आफूमाथि प्रश्न बोकेर आफू गृहमन्त्री हुन हुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो। सहकारी ठगी सम्बन्धी अनुसन्धान भइरहेको व्यक्ति सरकारको मुख्य प्रमुख हुँदा पीडितहरूको काम कसरी पूरा हुन्छ ?

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि प्रश्न बोकेको व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने थियो भने।

आफैँ सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीले सहकारीपीडितहरूलाई कसरी न्याय दिन सक्छन् भनी उनले प्रश्न गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित