Khabar Samachar

Search
Close this search box.

गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस संसद्‌को वेलमा, प्रस्ताव पेश गर्न अवरोध

203
VIEWS

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको वेल घेराउ गरेको छ । सहकारी ठगीमा जोडिएका रबि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेको कांग्रेसले दोस्रोपटक शुरू भएको प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको छ ।कांग्रेसको अवरोधपछि शुक्रवार सवा २ बजे स्थगित बैठक अपरान्ह ४ बजेपछि शुरू भएको थियो । तर कांग्रेसले पुनः पहिलेकै शर्त राख्दै वेल घेराउ गरेको हो । दोस्रोपटक शुरू भएको बैठकमा सभामुख देवराज घिमिरेले गृहममन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो शंसोधन विधेयक २०८० माथि माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने अनुमति दिएलगत्तै कांग्रेसले वेल घेराउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित