Khabar Samachar

जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु

209
VIEWS

चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किंदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने ३७ वर्षीय गौरी दास उपचारका लागि भरतपुरतर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

घाइतेहरु ट्रक चालक वीरगन्ज-२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार  सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस चालक नवलपरासी(सुस्तापुर्व) कावासोती-१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित