Skip to main content

Khabar Samachar

Search
Close this search box.

समाजवादी मोर्चामा एमालेलाई समेट्न छलफल

203
VIEWS

नेकपा माओवादी केन्द्रसहितको चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि समेटेर अघि बढ्ने विषयमा छलफल भएको छ ।  सत्ता गठबन्धनमा एमालेको इन्ट्री भएसँगै सो पार्टीलाई पनि समाजवादी मोर्चामा समेट्न पहल भएको हो ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेका शीर्ष नेताहरूसँग आवश्यक छलफल गरी आगामी कार्यक्रमबारे टुङ्गोमा पुग्ने निर्णय भएको संयोजक नेत्रविक्रम चन्द विप्लवले रातोपाटीलाई  जानकारी दिए ।

अब एमालेसहितको मोर्चा बनाउन चार दलले पहल गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओलीसँग थप छलफल गर्ने बैठक निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित