Khabar Samachar

महानगर–उपमहानगरका उम्मेदवारबारे सहमति जुटाउन कांग्रेसका शीर्ष नेताको बैठक जारी

213
VIEWS

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन छलफलमा जुटेको छ। सत्ता गठबन्धनबीच तालमेलको सहमतिअनुसार आफ्नो भागमा परेका उम्मेदवार छान्न छलफल सुरु गरिएको हो।

यस क्रममा अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी छलफलमा जुटेका छन्। बिहान १० बजे बैठक सुरु भएको एक नेताले जानकारी दिएका छन्।

यसअघि शुक्रबार राति  पनि कांग्रेसका शीर्ष नेताहरूबीच यस विषयमा छलफल भएको थियो। तर आआफ्नै अडानका कारण सहमति हुन नसकेपछि पुनः आज बिहान बैठक राखिएको हो। अहिले बैठक जारी छ।

ती नेताले शनिबार बिहान दिएको जानकारीअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरा महानगरको उपमेयर पदमा कोपिला रानाभाट र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महानगर कार्यसमिति सभापतिको नाममा जोड गरे।

विराटनगर महानगरको मेयरमा शेखर कोइरालाले नागेश कोइराला, यस्तै कृष्णप्रसाद सिटौलाले भीम पराजुलीको नाममा अडान लिए। ‘अमृत अर्याल र डिला संग्रौलाको नाममा पनि छलफल भयो’, उनले भने, ‘भरतपुरको उपमेयरमा दीर्घमान श्रेष्ठ र महानगर सभापति चित्रसेन अधिकारीको नाम आयो।’

ललितपुर र वीरगन्जको विषय भने बैठकमा प्रवेश नै नभएको तीन नेताले बताए। ‘काठमाडौंमा सिर्जना सिंह झन्डैझन्डै निश्चितझैँ भएर छलफल भएन’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित