Skip to main content

Khabar Samachar

Search
Close this search box.

धनगढीका मेयर गोपी हमालकी छोरी भारतमा सम्पर्क बिहिन

210
VIEWS

कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालकी छोरी भारतमा हराएकी छन् ।

मेयर हमालले ओशो साधक रहेकी आफ्नी जेठो छोरी आरती भारतको गोवामा हराएको सामाजिक सञ्जालमै उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन् । हिजोदेखि जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नुहुने शुभचिन्तक दाजुभाइ दिदीबहिनीहरूले खोजी कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’

उनले आफ्नी कान्छी छोरी आर्जु र ज्वाइँ आरतीको खोजी गर्न गोवा पुग्दै गरेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित