Khabar Samachar

जीतबहादुर राई र दिलबहादुर सिंह एकीकृत समाजवादीको उम्मेदवार

203
VIEWS

आगामी बैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ । सो पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेशसभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंह उम्मेदवार बन्ने निश्चित भएको छ तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ’, खनालले बुधवार  भने, ‘भरे भोलि पार्टीले औपचारिक निर्णय गर्छ ।’

इलाममा एकीकृत समाजवादीले अघि सारेका जितबहादुर २०७४ मा तत्कालीन एमालेबाट माइजोगमाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए भने २०७९ को स्थानीय निर्वाचनमा उनी तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका थिए । बझाङका सिंह एमालेका जिल्ला अध्यक्ष हुन् । उनी हाल नेकपा एकीकृत समाजवादीको प्रदेश सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित