Skip to main content

Khabar Samachar

Search
Close this search box.

आजदेखि एसईई सुरू, पाँच लाख विद्यार्थीले परीक्षा दिँदै

214
VIEWS

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

परीक्षा बिहान ८ बजेबाट सुरू हुनेछ। पहिलो दिन अंग्रेजी विषयको  परीक्षा हुँदैछ।

एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित